शुक्रबार, असार २०, २०८२

चौबीस घण्टामा १७९ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ २७ गते १६:२९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १७९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट १ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमुना परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा र २ हजार ३५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार २७१ पुगेको छ ।

प्रतिक्रिया