बाँके-काठमाडौं सम्पर्क समन्वय समितिमा दीपेन्द्र

बाँके । बाँकेका युवा व्यवसायी दीपेन्द्र विष्ट नेकपा माओवादी केन्द्र बाँके-काठमाण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन भएका छन् । काठमाडौंमा भएको समितिको तेस्रो भेलाले विष्टको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो ।
भेलाले वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद गौतम तथा उपाध्यक्षहरु पूर्ण केसी, भूपराज खनाललाई चयन गरेको छ । यस्तै सचिव असर्फीलाल थारु, सहसचिव अमृतप्रसाद सिग्देल र कोषाध्यक्ष लीला गिरीलाई बनाइएको छ । समितिको इन्चार्जको जिम्मेवारी भने प्रदेश सदस्य दिलीप सोनीलाई दिइएको छ । समितिको सल्लाहकार संयोजकमा शालिकराम सापकोटा, सदस्यहरु कालिमान खत्री, नारायण बराल, गंगा सिग्देल, विपना योगी, ऋषिराम पोख्रेल र तेजप्रसाद रेग्मी रहेका छन् ।
भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिसमेत थियो । यस्तै सम्पर्क समन्वय प्रदेशका अध्यक्ष श्रीकृष्ण अधिकारीको पनि सहभागिता थियो । भेलालाई सम्बोधन गर्दै मन्त्री गहतराजले नेपालमा परिर्वतनको आन्दोलनको नेतृत्व माओवादी केन्द्रले गरेको दाबी गरे । उनले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा देशको निर्णयक शक्तिका रुपमा स्थापित गर्न काठमाडौंमा पेसा व्यवसायमा संलग्न जनशक्तिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया