आज दिनभरि काठमाडौंको सडक प्रभावित हुने

काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने भएकाे छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी विशेष कारणवश उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो । कार्यालयकाअनुसार ११ः३० बजे रवीभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्यमोदय आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, दिउँसो ४ः३० बजे पद्यमोदय, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालिमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

प्रतिक्रिया