चौबीस घण्टामा २०३ संक्रमित, १२६ जना निको
नेपालखोज
२०७९ भदौ २८ गते १८:३४

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २०३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट शून्य जनाको मृत्यु भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा र ३ हजार ७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार २३२ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया