पेट्रोलियम ढुवानी व्यवसायी महासंघकाे आन्दोलन स्थगित, सेवा सुचारु गर्ने सहमति

काठमाडौं । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम लि. तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीबीच छलफल भएर आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सेवा सूचारु गर्ने सहमति भएकाे छ ।
आजको वैठकमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएकाले स्थगीत गर्ने निर्णय गरिएको बताएको छ । त्यसैगरी नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएकाे विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया