अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा, बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७३ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया