मंगलबार, पुष ८, २०८२

युवाहरुलाई एकजुट भएर राष्ट्र निर्माणमा लाग्न सद्गुरुको आग्रह

नेपालखोज २०७९ भदौ ३० गते १०:५४

काठमाडौं । युवाहरुलाई एकजुट भएर राष्ट्र निर्माणमा लाग्न सद्गुरुको आग्रह गरेका छन् । उनले काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

सदगुरुले भने, ‘कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौं ।’ योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमिले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताए ।

राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै उनले विशेषगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गरे ।

माटो जोगाउन नेपाल जस्तो मुलुकले के गर्न सक्छ भन्ने एकजना सहभागीको जिज्ञासामा सद्गुरुले माटो जोगाउन ‘निती परिवर्तन’ लाई जोड दिँदै विशेषगरी तीनवटा कुराहरु समेट्नुपर्ने बताए । पहिलो, किसानलाई राहत दिनुपर्ने; दोस्रो, कार्बन क्रेडिटको प्रकृयालाई सरल बनाउने; तेस्रो,न्युनतम जैविक पदार्थ (३–६ प्रतिशत) सुनिश्चित खाद्यान्नलाई बजारमा मान्यता प्रदान गर्ने । किसानको आर्थिक अवस्थालाई सम्बोधन गरेर मात्रै माटो जोगाउन सम्भव हुने कुरामा सद्गुरुले जोड दिए ।

प्रतिक्रिया