प्रतिनिधिसभा बैठक स्थगित, शुक्रबार बिहान ११ बजे बस्ने

नेपालखोज २०७९ भदौ ३० गते १२:१८

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक सरेको छ । बैठक आज (बिहीबार) अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया