शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा १२६ संक्रमित, १३७ जना निको

नेपालखोज २०७९ भदौ ३० गते १७:०२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १२६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट शून्य जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको नमुना परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २ हजार १२९ पुगेको छ ।

प्रतिक्रिया