प्रतिनिधिसभा बैठक आज पनि बस्दै
नेपालखोज
२०७९ भदौ ३१ गते ७:३६

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सम्बन्धित

प्रतिक्रिया