एन आई सी बैंकद्वारा बचत खाताका ग्राहकलाई २० लाख बिमा रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ । बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
बैंकले यो बिमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका एक हजार सात सय ३३ जना भन्दा बढी ग्राहकले घातक रोग बिमा वापत दुई करोड ६० लाख, दुर्घटना बिमा वापत ७० लाख र मेडिकल बिमा वापत तीन करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षको लागि ८४ लाखसम्मको बिमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म ८४ लाखसम्मका तीन बीमा (१८ वटा घातक रोगको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समावेश छन् ।
साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जा सम्बन्धी सुविधाहरु लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरु ग्राहक महानुभाव एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा नि: शुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।








प्रतिक्रिया