दुई सय मिटर अग्लो व्यावसायिक भवनमा आगलागी
नेपालखोज
२०७९ भदौ ३१ गते १८:२१

चाङ्सा । चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन ।
राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो। सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ । यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया