‘आफैंले हस्ताक्षर गरेर पनि समस्या समाधान नगर्दा कुन मुखले जनता माझ भोट माग्न जानु हुन्छ ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको तीनकुनेको समस्या किन समाधान नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगर्दा कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? भन्दै राष्ट्रपति र नेपाललाई प्रश्न गरेका हुन् ।
उनी लेख्छन्, ‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नुभयो रास्ट्रपति बन्नुभयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

प्रतिक्रिया