शनिबार, जेठ ४, २०८२

चीनको गुइझोउमा दुर्घटना : २७को मृत्यु, २० जना घाइते

नेपालखोज २०७९ असोज २ गते १४:०५

गुइयाङ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए । सान्डु सुइ स्वायत्त

काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया