चाैबीस घण्टामा ५९ संक्रमित थपिए, १ सय ६१ जना निकाे
नेपालखोज
२०७९ असोज २ गते १७:०१

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन् । ६१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
सम्बन्धित

प्रतिक्रिया