सोमबार, असोज १७, २०७९

‘कांग्रेसले १०० सिट नपाए डा. शेखरकाे विद्रोह’

ओम आचार्य २०७९ असोज ३ गते १४:५१

नेपाली राजनीतिमा अहिलेको पाँचदलीय गठबन्घनको सरकार निर्वाचनमा जान भागबन्डा मिलाउन छलफल गरिरहेका छन् ।१६५ सिट रहेको प्रतिनिधीसभा सदस्यका लागि पाँचदलिय गठबन्धनमा घटकदलहरुको माग कुलमा २६५ को हाराहारीमा छ । नेपाली कांग्रेस भित्रै संस्थापन इतरको नेतृत्व गरेका डा. शेखर कोइरालाले १०० सिटभन्दा तल सिट बाँडफाँड भए नमान्ने र पार्टी भित्र विद्रोह हुने भनाइ राख्दै आएका छन् । उत्ता प्रचण्ड नेपाली कांग्रेसले आधा राखेर बाँकी अन्य सिट गठबन्धन घटमा छोड्नुपर्छ भन्छन् माधव नेपाल २३ सिट जितेको कांग्रेसलाई ७०सिटभन्दा बढी दिन सकिँदैन भन्छन् ।

अहिलेको गठबन्धन नेपाली कांग्रेसले माधव नेपालको दलसँग गठबन्धन गरेका हुन् ? कि प्रचण्ड समूहको दलसँग गठबन्धन गरेका हुन् ? अहिले गठबन्धनको छलफल र वार्ताबाट यस्तै प्रस्न गर्न सकिन्छ । गठबन्धन ककस्ले र कस्को नेतृत्मा गरेको हो ? यो विषय पनि अहिल्य भागबन्डाको वितरणमा देखिएको घटकका दलको अभिव्यक्तिले यस्तो संसय देखिन्छ । नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलिय सरकार छ, र यसैको नेतृत्वमा यो पाँचदलिय गठबन्धन निर्माण भएको मान्नुपर्ने हुन्छ । तर अहिले माधव नेपाल र प्रचण्डको भागबन्डा वितरणमा कांग्रेसलाई यति सिट मात्र दिन तयारको अभिव्यक्ति कांग्रेसले अरु चार दलसँग गठबन्धन गरेको हो भन्ने प्रस्न उठ्छ ।

अहिले कांग्रेसले गठबन्धन नगरी निर्वाचनमा जाँदा कांग्रेसको तत्कालिन अवस्था राम्रो देखिन्छ । जनधारणा पनि गठबन्धनको विपरित छ । गठबन्धनले माओवादी र एकिकृत समाजवादीलाई सवल र सक्षम अवस्थामा निश्चय पनि पुर्याउछ, र यो अवस्थाले वाम घटकहरु विभाजित र अलग-अलग हुने र आपसमा पुन: मिल्न नसक्ने दम्भ यिनिहरुमा आउन सक्छ । यो कांग्रेसको राजनीतिक बुजाइ हो भने त्यो गलत हुन सक्छ त्यस्तो अवस्थामा यी दुई दल कांग्रेसकै लागि भारी हुनसक्छ । यो यस कारणले पनि होकी यिनिहरुको भागबन्डमा मागेको सिट संख्याको जोडले यही बताउँछ ।

निर्वाचन पछि कांग्रेसको सिटभन्दा यिनिहरुको कुल संख्या बडी हुन् सक्छ । निर्वाचन पछि गठबन्धनको सरकार बन्ने त निश्चय छ यस्तो अवस्थामा यि दुई दलसँग यिनिहरुकै नेतृत्मा सरकारमा सम्मिलित हुने अवस्था आएर कांग्रेस खुम्चने परिस्थिती आउँछ । यो कांग्रेसले देखेर पनि गठबन्धन वाध्यता र आवस्यक्ता हो भन्ने कुरामा कांग्रेस भित्रै फरकमत राख्ने को पनि दरो उपस्थिती छ । त्यो उपस्थितीको संस्थापन इतरका नेतृत्व गरिरहेका डा. शेखर कोइराला समूह छ । डा. शेखरले १०० सिटभन्दा तलको भागबन्डा नमान्ने र त्यस्तो भए कांग्रेसमा विद्रोह हुने भनाइ राख्दै गर्दा कस्तो खालको विद्रोह हो त्यो नखुलाए तापनि यो समूहसँग विद्रोह गर्ने तिन विकल्प हुन सक्छ ।

पहिलो विकल्प पाटी फुटाएर अगाडि बढ्ने ।

त्यो त्यति भरपर्दो उपयोगी मुलक छैन । त्यो डा. शेखरलाई नै अनुउत्पादक हुनसक्छ र अहिले त्यो समूहसँग रहेका नेता एवं कार्यकर्ता पाटी फुटाउँदा शेखर समूहमा नै बस्छन् भन्ने यकिन छैन । किनभने १४औं महाअधिवेशनमा ल्याएको मतलाई आंकलन गरेर नै पाटी फुटाउन खोजेका हुन् भने त्यो गलत मुल्यांकन हुन सक्छ । त्यति खेरको मत वर्तमान सभापति शेरबाहादुर देउवा प्रतिको असन्तुष्टीको मत हो । उन्को कार्यशैली र पार्टी भित्र नीति र विधि विपरित हिडेको मत हो, र अर्को मत हो संस्थापन इतरको पुस्तान्तरण एवं रुपान्तरण, निती र विधीप्रति धृढताको मत हो कांग्रेस प्रति वितृष्णा मत होइन ।अत पहिलो विकल्प सायदै रोज्लान् ।

दोश्रो विकल्प

अहिले सामाजिक संजालमा एमालेका पार्टी सभापति केपी ओलीसँग गरेको भेट र त्यो भेटले उत्पन्न गरेको समचार । नेपालमा अनलाइन समचार प्रायोजित रुपमा पनि आउने गरेको हुँदा डा. शेखर कोइराला र केपी ओलीको चुनावी तालमेल सम्मका समचार आएका छन् र यो कही कतै पनि अधिकारिक रुपमा पुष्टी भने भएको छैन । वर्ग र समूह विशेषलाई राजनीतिक लाभ पुर्याउन यसरी समचार प्रायोजित भएर आउने गरेको सन्दर्भमानै लिँदा हुन्छ तथापी यो राजनीतिक अनुमानलाई सही नै मान्दा पनि १४औं महाअधिवेशन पश्चात डा. शेखर कोइरालाले बनाएको आफ्नो छवि र उचाइमा स्खलन हुने बाटो सायदै रोज्लान् । कोइराला परिवारको अहिले राजनीतिक विराशत बोकेका डा. शेखर कोइरालाले त्यति मात्र हैन सिँगै कोइराला निवासको बिडो र जग सम्हालेका र त्यो निवासको परम्परा, संस्कारमा समेत आँच आउनेगरी एमालेसँग चुनावी तालमेल गर्ने छैन । नेपालका पूर्व र सुदूरपश्चिमबाट भ्रमणमा आउनेहरु कोइराला निवासको एतिहासिक प्रजातान्त्रिक पृष्ठभूमि, नेपाली कांग्रेसका संस्थापक नेताको निवास सम्मोहनले निवास परिशरमा गएर अवलोकन गर्ने फोटो खिच्ने जनइच्छामा पनि ठेस लगाउने अनाकर्षण पैदा गराउछन् यस्तो सायद डा. शेखर कोइरालाबाट हुँदैन । अहिलेसम्म डा. शेखरले निवासको शाख़ र गरिमा बचाएकै छन् र यो कार्यमा उन्को अहिलेको राजनीतिक प्रतिबध्दता र कार्यशैलीले अझ अक्षुण राख्ने हुँदा केपी ओलीसँगको तालमेलको समचारलाई विरोधीहरुको प्रायोजित समचार मान्नुपर्ने हुन आउँछ । यो दोश्रो विकल्प उन्कोलागि उपयोगी उनैले देख्दैनन् । अर्को नदेख्ने कारण यो पनि छ, नेपाली कांग्रेसले पाँच दलिय गठबन्धन गर्दा केपी ओलीको प्रतिगमनविरुद्ध संविधानको मर्ममा र भावनामा गरिएको प्रहारविरुद्ध यो गठबन्धन हो भनेकै कारणबाट पनि अहिले समाजिक संजालमा केपी र डा. शेखरको चर्चा भए जस्तो राजनीतिक समिकरण देखिन्दैन । कांग्रेसको यही निर्णयले डा. शेखरलाई रोक्छ । त्यति मात्र हाेइन केपी ओलीले कमल थापा र राजेन्द्र लिङ्देनसँगको गठबन्धन वार्ता गरिरहेको अवस्थामा प्रतिगमनका विचार दृष्टिकोणको बाेकेको आरोप लागेका केपी ओलीसँग मिलेर चुनावमा जाँदा त्यो प्रतिगमनको दोषको आरोप आफूले समेत बाेक्न कोइराला विरासतत बोकेका डा. शेखर कोइरालाले चाहादैनन् र यो दोश्रो विकल्प पनि उन्को लागि घातक सिद्ध हुन्छ ।

तेश्रो विकल्प

अहिले गठबन्धनको भागबन्डाको कुरामा छलफल र बहस चलिरहेको सन्दर्भमा डा. शेखर कोइरालाले १०० सिटभन्दा तलको भागबन्डा स्विकार्य नहुने बताउँदै त्यस्तो भए विद्रोह हुने बताएका छन् । पार्टी भित्र ६० र ४० को भागबन्डाको कुरा पनि सँगसँगै उठाइरहेका छन् । अस्ति भर्खर पार्टीको केन्द्रिय समीतिमा केन्द्रिय समीतिमा डा. शेखर पक्षको मनोनित संख्या हेर्दा देउवाले सकेसम्म पेलेरनै लाने रणनीति बुजाई संस्थापन इतरको छ । ४० प्रतिशत भागबन्डा खोजेका संस्थापन इतर २० प्रतिशततमा खुम्चनुले पनि यो बुजाई आएको हुन सक्छ । भागबन्डामा कांग्रेस ८०/८५ सिटमा झर्दा संस्थापन इतरले माग गरेको ४० प्रतिशत नपाउने निश्चय गरेकै कारण १०० सिटभन्दा तल नस्विकार्ने बताएको हुनसक्छ यसो गर्दा केही सिट बढाउन सक्ने अवस्था संस्थापन इतरको हुन सक्छ । अब १०० सिट भागबन्डा नपरे विद्रोहको कुरा यही कारणबाट आएको हुन सक्छ । अहिलेसम्म गठबन्धनको रस्साकस्सीलाई र अन्य घटकहरुको दाबीलाई हेर्दा १०० सिट नपाउने पक्का पक्की छ । यस्तो अवस्थामा डा. शेखर कोइराला के गर्छन त ? अब उन्को तेश्रो विकल्प सुरु गर्न सक्छन् । यो तेश्रो विकल्पमा उनले पाटी पनि नफुटाउने र केपीसँग पनि चुनावी तालमेल नगरी प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य सबै सिटमा आफ्नो उम्मेद्वारी दिन सक्छन् यो उनलाई माथिका दुई विकल्पमा यही तेश्रो विकल्पको रोज़ाइ हुन सक्छ । यो बाटो उनलाई गुणात्मक रुपमा उचित र दुरागामी रुपमा फाइदाजनक लागेको हुन सक्छ । संस्थापन इतरले मागेको ४० प्रतिशत त देउवाले दिने छैन । अधिकतम पाए १५ सिटमा संस्थापनले चित्त बुजाउनुभन्दा १६५ सिटमानै खडा गरेको अवस्थामा १४औं महाअधिवेशनको भन्दा राम्रो नतिजामा आउन सक्छौ भन्ने सस्थापन इतरको बुजाइ हुन सक्छ र अर्को पक्ष गठबन्धन घटको पनि चुनावी नतिजाको आकलन पनि प्रभावित हुन सक्छ त्यस्तो अवस्थामा संस्थापन इतर नै भोलि सरकार निर्माणमा प्रमुख घटक बन्न सक्छ । यि तिन विकल्पमा तेश्रो विकल्प सही हुने संस्थापन इतरको ठहरले डा. शेखर कोइरालाले विद्रोहको कुरा राखेका हुन सक्छन् र उनले भने जस्तो विद्रोह सायद यही हो ।

प्रतिक्रिया