बैंकिङ कसुर मुद्धाका फरार रन्जित खड्का पक्राउ
नेपालखोज
२०७९ असोज ३ गते १४:०२

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी रन्जित खड्का पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार ललितपुरको गोदावरी १ घर भएको ३७ बर्षिय खड्कालाई पक्राउ गरिएको हो ।
रुपसिंह बुढाथोकीले जाहेरीले प्रतिवादी ललितपुर जिल्लाको साविक गोदामचौर गाविस वडा ६ हाल परिवर्तित गोदावरी नगरपालिका वडा १ घर भई हाल कुमारीपाटी बस्ने खड्कालाई आईतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उक्त कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार खड्का उपर बैंकिङ कसुर मुद्धामा २० लाख ५० हजार बिगो कायम रहेको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारवाहीको लागि आईतबार नैं जिल्ला प्रहरी परिसर टेकु पठाईएको र सो सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया