मंगलबार, पुष ८, २०८२

नेपाल टेलिकमद्वारा संविधान दिवस अफर सार्वजनिक

नेपालखोज २०७९ असोज ३ गते १८:४५

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस अफर सार्वजनिक गरेको छ । यही असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको जानकारी दिएको हो । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया