मंगलबार, वैशाख ११, २०८१

मुख्य प्रशिक्षकबाट थापाले दिए राजीनामा

नेपालखोज २०७९ असोज ३ गते २१:०२

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छन् । सोमबार साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएसँगै थापाले पदबाट राजीनामा दिएका हुन् ।

‘आजैको दिनदेखि म यो टिम छोड्छु ।’ कुमारले पत्रकार सम्मेलनमा भने, ‘मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुँदैन । म अहिलेबाटै छाड्छु ।’ 

उनले साफका लागि राम्रो तयारी भएपनि उपाधि जिताउन नसकेको उल्लेख गरे । उनले घरेलु फुटबलको संरचनाप्रति निराशा ब्यक्त गर्दै महिला फुटबल विभागीय टिमले टिकेको तितो यथार्थ बताए ।

प्रतिक्रिया