बिहीबार, चैत १५, २०८०

पछिल्लो चौबीस घण्टामा ७४ संक्रमित, १६० जना निको

नेपालखोज २०७९ असोज ४ गते १६:००

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ७४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ६१९ पुगेको छ ।

प्रतिक्रिया