बिहीबार, वैशाख ६, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ असोज ५ गते १०:५२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ५ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया