डेँगुबाट वाग्मती प्रदेशमा ११ जनाको मृत्यु

हेटौंडा । वाग्मती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंक्रबाट काठमाडौंमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।
यसैगरी, काठमाडौंमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । -रासस

प्रतिक्रिया