डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुक्यो : नेकपा एमाले

नेपालखोज २०७९ असोज ५ गते १३:०६

काठमाडौं । नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। आज एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।

डेंगुको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छन्।
‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

एमालेले डेंगुबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ।

प्रतिक्रिया