समृद्धि फाइनान्सको शाखा जनकपुरमा

नेपालखोज २०७९ असोज ५ गते १४:४५

काठमाडौं । ससमृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुरमा विस्तार गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो ।

क्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रि राम सरोज यादवले जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष श्री ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत श्री टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत सुरज कुमार सर्राफले समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरु बाट औपचारिक रुपमा कारोबार संचालन भएको जानकारी दिए । उनका अनुसार समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया