कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते

नेपालखोज २०७९ असोज ५ गते १४:१०

ललितपुर । बखुण्डोल हाइटको कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी कारखानामा बुधबार दिउँसो एक्कासी आगलागी हुँदा ३ जना घाइते भएकाे बताइएकाे छ ।

आगलागीमा घाइते भएकाहरुलाई ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ । आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन। 

प्रतिक्रिया