बिहीबार, चैत १५, २०८०

८१ जना कोरोना संक्रमण

नेपालखोज २०७९ असोज ५ गते १६:३५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शुन्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ९७ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा र २ हजार ३५० जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया