काठमाडाैं कपनमा आगलागी

नेपालखोज २०७९ असोज ५ गते १९:३५

काठमाडाैं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । कपनस्थित एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सो आगलागीमा एक जना जलेको प्रहरीले आशंका गरेको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया