राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थी संगठनले गरे विरोध प्रदर्शन

नेपालखोज २०७९ असोज ६ गते ११:१८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दल निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै उनीहरुले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै हिजो पनि उनीहरुले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका थिए । गठबन्धन आबद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया