वीर अस्पताल क्षेत्र रहेको अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

नेपालखोज २०७९ असोज ६ गते १५:०८

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रस्थित रहेको अनधिकृत संरचना डोजर चलाउन सुरु गरेको छ । वीर अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका औषधि पसलकोअनधिकृत संरचनामाथि डोजर चलाउन सुरु गरेको हो ।

अनधिकृत संरचना हटाउन महानगरले सूचना जारी गरे पनि अटेर गरेपछि डोजर चलाउन सुरु गरेको महानगरले जनाएको छ ।

प्रतिक्रिया