शुक्रबार, वैशाख १४, २०८१

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

नेपालखोज २०७९ असोज ६ गते १९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बिहीबार बसेको चार सय ३औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आव २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार रुपैंयाँको नौं प्रतिशतले हुने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय ६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया