लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु
नेपालखोज
२०७९ असोज ७ गते १३:१५

भक्तपुर । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएको छ । मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरी बताएको छ ।
शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोराे सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि पसेका थिए ।
सम्बन्धित

प्रतिक्रिया