बुधबार, वैशाख १२, २०८१

‘एनआइसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’

नेपालखोज २०७९ असोज ७ गते १९:०३

काठमाडौं । एनआइसी एसिया बैंकले ‘एनआइसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुनेछ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रूपमा थप तीन सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बताइएको छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया