मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपालमा
नेपालखोज
२०७९ असोज ८ गते १०:४८

काठमाडाैं । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल पुगेको छ । बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्यद्वय रविन चन्द र पुरुषोत्तम थापाले स्वागत गरेका छन् ।
नेपाल र बंगलादेशबीचको खेल असोज ११ गते मंगलबार साँझ दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ । उक्त खेलका लागि नेपाली टोली घोषणा गरिसकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया