सबै अन्तर्राष्ट्रिय सेक्टरमा निगमले गर्‍याे अनलाइन टिकेटिङकाे सुरु

नेपालखोज २०७९ असोज १० गते २०:१४

काठमाडौं । नेपाल वायुसेवा निगमले सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार यही असोज १० गते सोमबारबाट आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ (इन्टरनेट बुकिङ इन्जिन (आईबीई)मार्फत टिकट बुकिङ सुरु गरिएको हो ।

यसबाट यात्रुवर्गले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जानकारी दिएको छ ।

निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हंकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवा मार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुनेछ ।

प्रतिक्रिया