शुक्रबार, चैत १६, २०८०

बजाजको क्यूट बजारमा आउने

नेपालखोज २०७९ माघ १८ गते १७:०९

नानो फेरि लन्च हुने र यसपटक यो इलेक्ट्रिक कारका रुपमा प्रस्तुत हुने चर्चाका बीच बजाजको क्यूटको कुराले अटोमोबाइल बजार हल्लाएको छ । यो कारलाइ बजाजले २०१८ मै सार्वजनिक गरेको थियो तर यो कार निजी सबारि साधनका रुपमा बजारमा आउन सकेको छैन । यसलाई क्वाड्रिसाइकल श्रेणीमा राखिएको थियो र त्यतिबेला यसको मूल्य २.४८ लाख भारतिय रुपैयाँ (भारतमा ) थियो।


अब बजाजले छिट्टै क्युटलाई निजी कारका रुपमा लन्च गर्ने चर्चा छ । यसले भारत सरकारको आधिकारिक निकायबाट स्वीकृति पनि पाइसकेको छ । यो चार सिटर कार हुनेछ र भारतिय बजारमा यसको मूल्य २.८० लाख देखि ३ लाख भारु ( ४ लाख ८० हजार नेपाली रुपैयाँ ) सम्म हुने बताइएको छ । यसमा गाडि नेपाल भित्राउँदा नेपाल सरकारले लिने भंसार , कर आदि राजस्व जोडिएको छैन् ।

के हो क्वाड्रिसाइकल ?

यो तीन पाङ्ग्रे र चारपाङ्ग्रे बीचको श्रेणीमा राखिएको सवारी साधन हो। यसले कारका सबै नियम पालना गर्दैन, यद्यपि कारका रूपमा लन्च गर्दा यसले कारका लागि बनाइएका सबै नियम पालना गर्नुपर्नेछ । बजाज कम्पनीले क्यूटमा केहि परिवर्तन गरेको छ । नन ट्रासपोर्ट भेईकल क्याटोगरीको स्वीकृति पाएपछि यसको १७ केजी तौल समेत बढेको छ ।

यसको २१६ सीसी सिंगल सिलिन्डर इन्जिनले १२ बीएचपी पावर उत्पादन गर्नेछ। यो कारको टप स्पीड ७० देखि ८० किलोमिटर प्रति घण्टा हुनेछ। यसअघि कमर्सियल गाडीका रूपमा आएको क्युटमा पनि सीएनजी भेरियन्ट थियो । अब निजी कारका रूपमा यसमा पेट्रोलसँगै सीएनजी र एलपीजी भेरियन्ट पनि दिइने विश्वास गरिएको छ ।

रियर इन्जिन : क्यूटमा चालक सहित ४ जना अटनसक्ने सिट हुनेछ। यसमा नानोको जस्तै पछाडि इन्जिन हुनेछ र बुट स्पेस ठूलो हुनेछ । यो कारमा एसी, एयरब्याग, डिस्कब्रेक तथा पावर स्टेयरिङ जस्ता सुविधाहरू उपलब्ध हुनेछन् । यसले स्लाइडिङ विन्डोजज र म्यानुअल विन्डो मात्र प्राप्त गर्नेछ। यो कारले ६ स्पीड म्यानुअल गियरबक्सका साथ ५ स्पीड सिक्वेन्सियल फ्रन्ट र एक रियर गियर पाउनेछ । प्राप्त जानकारी अनुसार यो मोडलको माइलेज ३६ किलोमिटर प्रती लिटर छ । यो कारमा चारवटा ढोका रहनेछन ।

प्रतिक्रिया