रवीन्द्र राप्रपामा प्रवेश

नेपालखोज २०७९ असोज १२ गते १५:१३

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । मिश्र पक्षधर समूह आज (बुधबार) एक भव्य समारोहकाबीच राप्रपा प्रवेश गरेका हुन् ।

उनीहरुबीच एकता घोषणापत्रमा हस्ताक्षर समेत भएको छ । राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माला लगाएर मिश्र समूहलाई पार्टीमा स्वागत गरेका थिए । प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल समेत बनाइएको छ ।

प्रतिक्रिया