आइतबार, वैशाख २३, २०८१

चौबीस घण्टामा ३८ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ असोज १२ गते १६:५६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ८१८ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा र १ हजार ५३४ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार १२२ पुगेको छ ।

प्रतिक्रिया