जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना : १ जनाको मृत्यु, एक घाइते

नेपालखोज २०७९ असोज १३ गते १५:०३

जुम्ला । स्याउ बोकेको ट्रक दुर्घटना हुँदा जुम्लामा १ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया