बुधबार, वैशाख १२, २०८१

राष्ट्र बैंकले भन्यो, स्थायी तरलता सुविधाको भुक्तानी अवधि सात दिन मात्र

नेपालखोज २०७९ असोज १३ गते १५:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयवधि हाल सात दिन मात्र कायम रहेको जानकारी दिएको छ । आज बिहिबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । तर कंथकदाचित सात दिन वा यो भन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा पुगेको मानिने छैन, राष्ट्र बैंकले भनेको छ ।

सुरक्षणपत्र धितो कारोबार सम्वन्धी सम्झौंता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै बिहीबार राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । खुला बजार कारोबार सम्वन्धी कार्यबिधि २०७८ को परिच्छेद -१५ स्थायी तरलता सुविधा सम्वन्धी व्यवस्थाको बुंदा नं ४९ (६) मा संसोधन गर्दे सुरक्षण धितोपत्र कारोबार सम्वन्धी सम्झौंता गरी स्थायी तरलता सुविधा उपभोग गर्न योग्य सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्यान्वयनमा आउने गरी व्यवस्था गरिएको राष्ट्र बैंकको भनाई छ ।

यसैबिच राष्ट्र बैंकले आज बिहिबार नैं तरलता अभाव नियन्त्रणको लागि ३० अर्बको रिपो जारी गर्ने भएको छ । आज अपरान्ह तीन बजेसम्म बोलकवोल मार्फत उक्त रिपो जारी गरेर बजारमा लगानीयोग्य रकम पठाउन लागिएको राष्ट्र बैंकको भनाई छ । रिपो खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले आज बिहिबार अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नु पर्ने छ ।

परिपक्व हुने अवधि १४ दिन अर्थात यही असोज २७ गते तोकिएको यो रिपो जारी गर्नुको प्रमुख उदेश्य नैं चाडपर्वको समयमा लामो समय सम्म सार्वजनिक बिदा हुंदा तरलता अभाव हुन नदिनु रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया