दसैं बिदामा निगमको डिपो खुला हुने

नेपालखोज २०७९ असोज १३ गते २२:०६

काठमाडाैं । नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला राख्ने जनाएकाे छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको जनाएकाे हाे । निगमका अनुसार डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला हुने र त्यसका लागि निगमलेकार्यतालिका नै सार्वजनिक गरेकाे छ ।  

त्यस्तै, इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराएकाे छ । ‘पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीयको आवश्यकताअनुसार डिपोहरु खुल्ला राख्ने छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको उपलब्धतामा समस्या देखिए निगममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया