जापानी येन १० को खरिददर ९ रुपैयाँ ०३ पैसा, बिक्रीदर ९ रुपैयाँ ०७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६८ पैसा र बिक्रीदर १३१ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ७८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया