आइतबार, जेठ ६, २०८१

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेपालखोज २०७९ असोज १४ गते १२:४१

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएका पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे ।

राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबिचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत गरे । भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो ।

प्रतिक्रिया