आइतबार, जेठ ६, २०८१

नेपाल लाइफको कल सेन्टर दसैँको बिदाको समयमा पनि संचालनमा रहने

नेपालखोज २०७९ असोज १४ गते १८:०३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दसैँको टिकाको दिन बाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन गर्नेछ ।

ग्राहकहरुले कम्पनीको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप, भाईबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने छन् । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

देशैभरी फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बिमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया