आइतबार, मंसिर १८, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखोज २०७९ असोज १६ गते १९:५७

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो । आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोखेका थिए ।

सोही मुद्दामा उनीविरुद्ध प्रतिआतङ्कवाद कानून अन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो । तर उक्त मुद्दाको सुनुवाइका क्रममा अदालतले भने आतंकवाद विरोधी प्रावधान हटाएको थियो ।

प्रतिक्रिया