हेटौँडामा बस बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते
नेपालखोज
२०७९ असोज १७ गते ९:१६

काठमाडौं । हेटौँडामा बस बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६० वर्षीय दिल्लीबहादुर दर्जी र ५१ वर्षीय कल्पना राजबंशी रहेका छन् ।
काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ को बस आइतबार राति पूर्व-पश्चिमराजमार्गको चुरीयामाई मन्दिर नजिकै नालीमा खसी दुर्घटना भएको छ । दुर्घटनामा परेको घाइतेमध्ये ३० जना उपचार भइसकेको छ, थप ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया