प्रिमियर लिगमा लेस्टर सिटीको पहिलो जित
नेपालखोज
२०७९ असोज १८ गते ७:२७

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो ।
लेस्टरले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा १ गोल थपेको थियो । लेस्टरले ८ खेलबाट ४ अंक जोडेको छ भने पराजित भएको नटिङघमको पनि समान अंक छ । नटिङघम पुछारमा रहेको छ भने लेस्टर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिगको आठौं चरणको खेल जारी रहँदा आर्सनल २१ अंकका साथ शीर्ष स्थानमा रहँदा २० अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया