चितवनमा मासु घाँटीमा अड्किएर एकजनाको मृत्यु

नेपालखोज २०७९ असोज १८ गते १४:०३

चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् । 

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया