पाँचवटा प्रदेशमा भारीदेखि अतिभारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको तथा प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा तथा मधेश प्रदेश र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्य देखि पुर्ण बदली रहनेछ भने, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया