च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीकाे जित
नेपालखोज
२०७९ असोज २० गते ७:२३

काठमाडाैं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । समूह जीमा रहेको सिटीले गएराति एफसी कोपेनहेगनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जित दिलाउनेक्रममा एर्लिङ हालान्डले २ गोल गर्दा रियाद मेहरेज र जुलियन अल्र्भारेजले एक एक गोल थपेका थिए ।
यही समूहमा रहेको बोरुसिया डर्टमुन्डले सेभिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । समूह जीमा म्यानचेस्टर सिटी ९ अंकका साथ शीर्ष स्थानमा रहँदा बोरुसिया डर्टमुन्ड ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । सेभिल्ला र कोपेनहेगनको १–१ अंक रहेको छ भने उनीहरु तेस्रो र चौथो स्थानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया