नारायणघाट-मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो
नेपालखोज
२०७९ असोज २१ गते ८:१५

भरतपुर । अविरल वर्षाका कारण पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणघाट-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार केराबारीको पहिरो ५ बजेर ५० मिनेटमा हटाइएको थियो भने १८ किलोको पहिरो ६ बजेर २० मिनेटमा हटाएर बाटो खुलाइएको हो । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो ।
यसअघि बिहीबार बिहान ८:२० बजेको समयमा भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको थियो । नारायणगढ मुग्लिन सडक खण्डमा यस वर्ष मात्रै दुई दर्जनभन्दा बढीपटक पहिरो खसेर सडक अवरूद्ध भएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया